०२ साउन २०८३, शनिबार

फ्रान्स विश्वविजेता भएपछि यसरी उत्सव मनाए प्रशंसकले (फोटो फीचर)

फ्रान्स विश्वविजेता भएपछि यसरी उत्सव मनाए प्रशंसकले (फोटो फीचर)

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । 

राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए ।

आईफल टावरमा प्रकाशका माध्यमले फ्रान्सको झण्डा र दुई तारा बनाइयो । उसले दुईपटक (१९९८ र २०१८) विश्वकप जितेको चिनारीस्वरूप दुई तारा बनाइएको हो । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसरी खुशी मनाए ।

फिफा विश्वकपको फाइनल हेर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि पुगेका थिए । उनी क्रोएसिया र फ्रान्सका राष्ट्रपतिका साथमा देखिन्छन् । 

फ्रान्सका राष्ट्रपतिलाई बधाई दिँदै क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्य्राबर कितारोभिच ।

फ्रान्सले यसअघि १९९८ मा विश्वकप जितेको थियो । त्यतिखेर टीमको कप्तान डिडिएर डिशँम्प्स थिए । अहिले उनी टीमको कोच छन् । खेलाडी र कोचका रूपमा विश्वकप जित्ने उनी तेस्रा खेलाडी हुन् । 

फ्रान्सले जितेपछि प्रशंसकहरूले खुशी लुकाउनै सकेनन् ।

पेरिसका सडकमा नाच्दै समर्थकहरू ।

आईफिल टावरको अगाडि उत्सव मनाउँदै फ्रान्सका प्रशंसक ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्