३० असार २०८३, मंगलबार

पुष्पक विमान चढेर मण्डपमा आए यी दुलाहा–दुलही (भिडियो)

पुष्पक विमान चढेर मण्डपमा आए यी दुलाहा–दुलही (भिडियो)

काठमाडौं – सबैजना आफ्नो विवाह स्मरणीय बनाउन चाहन्छन् । यस्तै स्मरणीय एक बिहेको भिडियो अहिले ट्विटरमा चर्चित छ । 

भिडियोमा दुलाहा–दुलहीले पुष्पक विमानमा बसेर मण्डप आएको देखिन्छ । यो दृश्य देखेर बिहेमा उपस्थित पाहुना पनि छक्क परे । 

बिहे भइरहेको गार्डनमाथि आकाशमा जालीदार एक गोलो देखिन्छ । त्यो प्रकाशले जगमग छ र त्यसमा विशाल बाजको आकृति बनेको छ । दुलाहा र दुलही त्यसमा उभिएका छन् । अनि उनीहरू धमाकाका साथ प्रकट हुन्छन् । 

पृष्ठभूमिमा सदाबहार गीत 'बहारों फूल बर्साओ' बज्छ । 

पुष्पक विमानलाई एउटा क्रेनमा बाँधिएको सथयो र क्रेनको सहायताले पूरा गार्डनमा चक्कर लगाएर स्टेजनजिक उतारिन्छ ।

भिडियो कहाँ र कसले बनाएको थाहा हुन सकेको छैन ।



एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्