काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार फिनल्यान्डको हेल्सिन्कीमा भेटवार्ता गरेका छन् ।
दुवैजनाबीच तीन सेकेन्डसम्म हात मिलाएका थिए । दुवैजना अलिक तनावमा देखिन्थे र खासै मुस्काएनन् ।
पुटिनले ट्रम्पलाई भेट्दा खुशी लागेको बताए । ट्रम्पले चाहिँ सफलतापूर्वक विश्वकप सम्पन्न गरेकोमा तथा रुसी फूटबल टीमले राम्रो प्रदर्शन गरेकोमा पुटिनलाई बधाई दिए ।
‘हामीहरूले राम्रा कुराहरू धेरै गर्नेछौं – व्यापार, चीन र हाम्रा साझा मित्र राष्ट्रपति सीका बारेमा,’ ट्रम्पले भने ।
‘हामीसँग संयुक्त अवसरहरू धेरै छन् र लामो समयसम्म हामीहरू सँगै भएनौं । सँगै मिलेर जाँदा राम्रो हुन्छ । संसार नै हामीहरू सँगै मिलेर गएको हेर्न चाहन्छ । हामी दुई देशसँग विश्वको ९० प्रतिशत आणविक हतियार छ र त्यो राम्रो कुरा हैन,’ ट्रम्पले भने ।
एजेन्सी