१० साउन २०८३, आइतबार

बैंकहरूमा क्लोजिङको ‘ह्याङओभर’, मध्याह्नसम्म पनि भएन नयाँ आवको काम

साउन १, २०७५
बैंकहरूमा क्लोजिङको ‘ह्याङओभर’, मध्याह्नसम्म पनि भएन नयाँ आवको काम

काठमाडौं – आर्थिक वर्ष २०७४÷०७५ को हिसाबकिताब मिलान (क्लोजिङ)को काम सोमबार रातभरिमा नसकिएपछि बिहानसम्म काम भइरहेको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थामा राति क्लोजिङको काम नसकिएकाले साउन १ गते मंगलबार मध्याह्नसम्म नयाँ आर्थिक वर्षका कुनै पनि कारोबार हुन सकेको छैन । 

नेपालका ठूला बैंकहरू नबिल बैंकमा बिहान १० बजेदेखि नयाँ आर्थिक वर्षको कुनै पनि कारोबारमा रोक लगाइएको छ । बैंकमा सामान्य सोधपूछबाहेक कुनै काम पनि भएका छैनन् ।  

यस्तै मेगा बैंक, ग्लोबल आईएमई, एनआइसी एशिया, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा काम हुन सकेको छैन । 

सबै बैंकका सिस्टममा क्लोजिङको काम भइरहेकाले आज बिहानैदेखि नयाँ आर्थिक वर्ष २०७५÷०७६ को काम शुरु हुन नसकेको हो । क्लोजिङ काम सकिएलगत्तै मध्याह्नपछि अधिकांश बैंकहरूमा नयाँ आर्थिक वर्षको काम शुरु हुने बैंकहरूले जनाएका छन् ।

कतिपय सरकारी कार्यालयहरूमा पनि क्लोजिङको काम सक्ने अन्तिम चटारो भएकाले नयाँ आवको कम शुरु हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्