१२ असार २०८३, शुक्रबार

डडेल्धुराको जीप दुर्घटनामा मृत्यु हुने सात जनाको सनाखत

कात्तिक २०, २०७४
डडेल्धुराको जीप दुर्घटनामा मृत्यु हुने सात जनाको सनाखत
काठमाडौं, ४ फागुन - डडेल्धुरामा भएको जीप दुर्घटनामा मरेर मृत्यु हुने सात जनाको सनाखत भएको छ । भागेश्वर देखि डडेल्धुरा सदरमुकाम जाँदै गरेको से १ ज ८३३ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेहरु भागेश्वर गाविस ८ वर्ष २४ का गणेश सार्की , भागेश्वरकै वार्ड न ४ बर्ष ३० का लक्ष्मण भट्ट, वर्ष ६२ का जयानन्द भट्ट भागेशवर ५ का कामदेव चटौत ,नरपती पाण्डेय को घटनास्थल मै मृत्यु भएको थियो भने उपक्षेत्री अस्पतालमा ल्याउदै गर्दा दिवाकर पाण्डेय र भागेशवर ७ का पदमबहादुर मल्ल को उपक्षेत्रीय अस्पताल उपचारका क्रममा मृत्यु भएको उप क्षेत्रीय अस्पतालले जनाएको छ ।

घाईतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको दुर्घटना ड्राईभरको लापर्वाइ का कारण दुर्घटना भएको जनाइएको छ । दुर्घटना आइतबजार नजिक ठुलखोला मा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्