काठमाडौं, ४ फागुन – सुगम संगीत गायक यम बरालले नयाँ गीति संगह्र ‘मन भमरा’ सार्वजनिक गरेका छन् । बराल केही समयदेखि अमेरिकामा बस्दै आएका थिए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले एल्बम् विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै पुनले आफूले बराललाई पनि गीतकै माध्यमबाट चिनेको बताए ।
चर्चित गायक सम्भुजित बास्कोटाले बराल एक कुशल गायक भएको बताएका थिए ।
विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको उक्त गीति एल्बममा १० गीत संग्रहित छन् । कार्यक्रममा गायक प्रेमध्वज प्रधान, गीतकार राजेन्द्र थापा, किरण खरेल लगायतको उपस्थिति थियो । कार्यक्रममा बरालले गीत समेत प्रस्तुत गरेका थिए ।