२७ जेठ २०८३, बुधबार

राजधानी कि 'लाजधानी', कहिलेसम्म थुन्ने नाक ? [फोटो फिचर]

साउन २, २०७५
राजधानी कि 'लाजधानी', कहिलेसम्म थुन्ने नाक ? [फोटो फिचर]

काठमाडौं –फोहोर व्यवस्थापन हुन नसक्दा केही दिनयता राजधानी काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ ।

काठमाडौं महानगरपालिका सहित यसभित्रका महानगर र नगरले फोहोर नउठाउँदा गल्ली–गल्ली र चोकहरू दुर्गन्धित बनेका छन् ।

यसरी थुप्रिएको फोहोरले झाडापखाला, हैंजाजस्ता रोगहरूको प्रकोप फैलिनसक्ने खतरासमेत बढेको चिकित्सकहरू बताउँछन् ।

झण्डै एक महिनादेखि नै फोहोर नउठेको स्थानीयको गुनासो छ । ‘एक महिना भयो फोहोर नउठेको, काठमाडौं महानगरपालिकामा गुनासो गर्दा दुई÷तीन दिनमा उठ्छ नआत्तिनुहोस् बाटो बन्द भएर हो, भन्छन्, तर फोहो र उठ्दैन,’ असन क्षेत्रमा व्यापार गर्दै आएका व्यापारी श्याम श्रेष्ठ बताउँछन् । सोही ठाउँका व्यापारी हरि अग्रवालको पनि यस्तै गुनासो छ ।

चोकचोकमा थुप्रिएको फोहोरले पैदल यात्रुहरू पनि नाक थुन्दै हिँड्नुपर्ने अवस्था छ । काठमाडौं उपत्यकाबाट दैनिक झण्डै ५ सय ५० मेट्रिकटन फोहोर निस्किने गरेको बताइन्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्