०८ असार २०८३, सोमबार

पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

कात्तिक २०, २०७४
पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

काठमाडौँ, ४ फागुन - यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा मुलुकको अर्बौं लगानी खेर जाने भएकाले सरकारसँग यस्तो माग गरिएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

फागुन १७ गतेदेखि यातायात व्यवस्था विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले व्यवसायीका मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताए ।

यसअघि महासङ्घले फागुन २ गते उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि ज्ञापनपत्र बुझाई यस्तै माग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्