०३ असार २०८३, बुधबार

सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं नजाने डा. केसीको अडान

सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं नजाने डा. केसीको अडान

जुम्ला– जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले पठाएको हेलिकप्टर चढेर काठमाडौं नजाने अडान लिएका छन् । 

विहीवार डा. केसीका समर्थकहरुलाई प्रहरीले बल प्रयोग गरेर अनशनस्थलबाट हटाएपछि उनले आफू काठमाडौं जान तयार रहेको बताएका थिए । 

प्रहरीले बल प्रयोग गर्दा करिब २० जना घाइते भएका छन् ।

सरकारले विहानमात्र केसीको उपचारका लागि काठमाडौं लैजाने भन्दै नेपाली सेनाको हेलिकप्टर पठाएको थियो तर केसीले भने काठमाडौं जानै परे आफ्नै हिसावले जाने तर सरकारसँग नझुक्ने बताएका छन् ।

विहान डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको भन्दै सरकारी गुण्डागर्दी स्वीकार नगर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्