१८ असार २०८३, बिहीबार

गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत

साउन ३, २०७५
गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत

सुर्खेत– जुम्लाबाट डा. गोविन्द केसीलाई लिएर उडेको हेलिकप्टर कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको छ । 

नेपाली सेनाको हेलिकप्टर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई सुर्खेतमा छोडेर काठमाडौं जानेछ । 

विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि सरकारी टोली  डा. केसीलाई काठमाडौं ल्याउन जुम्ला पुगेको थियो । 

आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको भन्दै डा. केसीले विहीवार विहान आपत्ति जनाएपछि उनका समर्थकले डा. केसीलाई काठमाडौं लैजान अवरोध सिर्जना गर्न खोजेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा २० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन् । 

सरकारी हेलिकप्टरमा काठमाडौं नआउने अडानमा रहेका गोविन्द केसीलाई प्रशासनले बल प्रयोग गरेर भएपनि लैजाने बताएपछि प्रहरी दनम रोक्न भन्दै डा. केसी काठमाडौं जान तयार भएका थिए । 

सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथेमा आयोगले दिएको सुझावको आधारमा हुनुपर्ने माग राख्दै डा. केसी २० दिनदेखि अनशनमा छन् । उनको यो १५ औं अनशन हो । 
 

salt training

कमेन्ट गर्नुहोस्