![कर्णालीबाट काठमाडौं ल्याइयो डा. केसीलाई, शिक्षण अस्पतालमा भर्ना [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Govind_kc_teaching_AjTvCNTxty.jpg)
काठमाडौं – अनशनरत डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।
सेनाको हेलिकप्टरले जुम्लाबाट सुर्खेत हुँदै उनलाई काठमाडौं ल्याएको हो । सैनिक मञ्च टुँडिखेलमा हेलिकेप्टर अवतरणपछि एम्बुलेन्समार्फत् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएका केसीको आईसीयूमा राखेर उपचार गरिने छ । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि केसीलाई सरकारको पहलमा काठमाडौं ल्याइएको हो ।
केसी विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन गरिरहेका थिए । सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथेमा आयोगले दिएको सुझावको आधारमा हुनुपर्ने माग राख्दै डा. केसी २० दिनदेखि अनशनमा छन् ।

