०९ असार २०८३, मंगलबार

विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपाल पठाएनन्

साउन ४, २०७५
विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपाल पठाएनन्

काठमाडौं - विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । 

पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ । 

तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर, नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो ।

पछिल्ला दिनहरुमा केही मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर, नपठाउने गरेपछि नेपाली कम्पनीहरुसँग विवाद बढ्दै गएर केन्द्रीय बैंकसम्म पुगेको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्