११ साउन २०८३, सोमबार

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

साउन ४, २०७५
आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

कञ्चनपुर- आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते हुनुभएको छ । 

बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते हुनुभएको हो । 

घाइते कँुवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि साँझ अबेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । 

महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई—रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्