१३ असार २०८३, शनिबार

माछा खानेको आयू लामो, हृदयरोगको खतरा पनि कम

माछा खानेको आयू लामो, हृदयरोगको खतरा पनि कम

ओमेगा थ्री एसिड युक्त माछा, ट्युना, म्याकरेल तथा सार्डिन जस्ता माछा र अरु यस्तै खाद्यपदार्थ जसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ यस्तो खानाले हृदय रोग, असामयीक निधनको खतरा कम हुन्छ । 

एक अध्ययनका अनुसार माछा खाँदा आयु बढ्ने मात्र नभइ रोग प्रतिरोधक क्षमता पनि राम्रो हुन्छ । 

१६ वर्ष लगाएर गरिएको अध्ययनमा २ लाख ४० हजार ७२९ पुरुष र १ लाख ८० हजार ५८० महिलाको १६ वर्षसम्म अध्ययन गरिएको थियो । 

यस अध्ययनका अनुसार माछामा पाइने ओमेगा थ्री फ्याटी एसिड तथा कुल मृत्यु दरमा महत्त्वपूर्ण सम्बन्ध देखिएको थियो । 

चीनका जेजियाङ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार जो पुरुष माछाको धेरै प्रयोग गर्थे उनीहरुको मृत्यु दर ९ प्रतिशत कम देखिएको थियो भने हृदय सम्बन्धी रोगबाट हुनेवाला मृत्युमा १० प्रतिशतको कमी देखिएको थियो । 

यो अध्ययन इन्टर्नल मेडिसिन प्रत्रिकामा प्रकाशन भएको छ । 
 
 

कमेन्ट गर्नुहोस्