०६ असार २०८३, शनिबार

धनगढीमा गरीब घर परिचयपत्र वितरण शुरू

साउन ४, २०७५
धनगढीमा गरीब घर परिचयपत्र वितरण शुरू

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले आजदेखि गरीब घर परिचयपत्र वितरण शुरू गरेको छ ।

नगर प्रमुख नृपबहादुर वडले वडा नम्बर १ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रंग (अति गरीब), पुरानो एयरपोर्ट मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेलो रंग (मध्यम गरीब) र मुक्तकमैया सहवीर चौधरीलाई निलो रंगको (सामान्य गरीब) परिचयपत्र वितरण गर्दै कार्यको शुरूवात गरेका छन् ।

परिचय वितरण गर्दै उनले भने, ‘यसै परिचय पत्रका आधारमा राज्यले तपाईहरूलाई सहुलियतमा सेवासुविधा दिनेछ । यसलाई सुरक्षित राख्नुहोला ।’ पहिलो चरणमा वडा नम्बर १ बाट वितरण शुरू गरिएको छ । शुक्रवारबाट नै १९ वटै वडामा परिचयपत्र वितरण गर्ने कार्य शुरू भएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले बताए । 

धनगढीमा ५ हजार ८ सय ८५ जनालाई परिचयपत्र वितरण गरिने उनले जानकारी दिए । जसमध्ये २ हजार ८ सय ५८ परिवारलाई अति गरीब परिचयपत्र, १ हजार ८ सय ३७ जनालाई मध्यम गरीब र १ हजार २ सय ९० जनालाई सामान्य गरीबको परिचयपत्र वितरण गरिने उनले बताए ।

देशभरिमा ८ वटा जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण हुँदैछ । सरकारले २०७९ सालमा गरीबको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।

नगर प्रमुख वडका अनुसार अति गरीबको परिचयपत्र पाउने व्यक्तिले स्वास्थ्य बीमासहित निःशुल्क स्वास्थ्य सुविधा पाउने छन् भने बाँकी मध्यम र सामान्य प्रकृतिको परिचयपत्रधारीले सेवासुविधा पाउने भएका छन् । नगरपालिकाबाट दिइने हरेक सुविधा पनि परिचयपत्रको आधारमा प्राथमिकीकरण गरिने उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्