
काठमाडौं - सरकारले दुईथरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको व्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।