काठमाडौं, २८ मंसिर — अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले तेल कम्पनी एक्सन मोबिलका प्रमुख रेक्स टिलरसनलाई विदेशमन्त्रीका रूपमा नियुक्त गर्ने भएका छन् ।

ट्रम्पले ६४ वर्षीय टिलरसनलाई प्रशंसा गर्दै उनी अब्बल दर्जाका व्यापारिक नेता र अन्तर्राष्ट्रिय डिलमेकर भएको बताए ।
टिलरसनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध छ । यसले अमेरिकी नेताहरूलाई झस्काएको छ ।
विदेशमन्त्री नियुक्त हुनका लागि सिनेटको सहमति आवश्यक हुन्छ ।
विदेशमन्त्री सरकारको विदेशनीतिलाई कार्यान्वयन गर्ने वरिष्ठतम अमेरिकी कूटनीतिज्ञ हो ।
टिलरसनले विदेशमन्त्रीमा आफ्नो नाम चुनिनु गर्वको कुरा भएको बताउँदै ट्रम्पले अमेरिकाको विदेश सम्बन्धको विश्वसनीयतालाई पुनःस्थापित गर्ने र देशको सुरक्षा मजबुत बनाउने भिजन राखेको र आफूले त्यसलाई मूर्त रूप दिने बताए ।
बीबीसी