२१ असार २०८३, आइतबार

१५ दिनदेखि अनसनमा, ‘बाँचे जनकपुर बनाउँछौं, मरे स्वर्गद्वारी लैजानू’

कात्तिक २०, २०७४
१५ दिनदेखि अनसनमा, ‘बाँचे जनकपुर बनाउँछौं, मरे स्वर्गद्वारी लैजानू’
काठमाडौं, ५ फागुन — जकपुर शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने माग गर्दै दुई जना राजनीतिक कार्यकर्ता अनसनमा बसेको १५ दिन पुग्दासमेत उनीहरूको मागप्रति सरकारले वास्ता गरेको छैन ।

प्रदेश नम्बर दुईको राजधानी बन्ने अपेक्षा गरिएको यो शहरलाई आधुनिक बनाउनुपर्ने माग गर्दै दुईजनाले शुरु गरेको अनसन बिहीवार १५ दिन पुगेको छ ।

जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टी दुई नम्बर प्रदेशका सह –संयोजक कलाम मुदिन राइन गत माघ २० गतेदेखि अनसनमा बसेका हुन् ।

उनीहरूको अनसनमा ऐक्यबद्धता जनाउँदै जनकपुरका स्वतन्त्र युवा मिथलेस दास उनीहरूसँगै ७ दिनदेखि अनसन बसेका छन् ।

विभिन्न ७ बुँदे माग राख्दै उनिहरू अनसनमा बसेका हुन् । जनकपुर विकास प्राधिकरण निर्माण गरेर त्यहाँको सर्वाजनिक जग्गालाई संरक्षण गर्नुपर्ने, जनकपुरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, जनकपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्ववद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको चक्रपथ निर्माण हुनपर्ने, जिम्मेवार अधिकारीबाट जिल्लामा व्याप्त भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गनुैपर्ने माग गर्दै उनीहरू अनसनमा बसेका हुन् ।
अहिले उनीहरूको अवस्था निकै गम्भीर बनेको रामकुमारकी श्रीमती इन्दु शर्माले बताइन् । ‘अस्पतालले केही दिन अघिबाटै स्वास्थ्य गम्भीर भएको भनिसकेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘तर सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।’

उनले काठमाडौंमा सामान्य चहलपहल हुँदा पनि सञ्चारमाध्यमले महत्व दिने तर जनकपुरमा १५ दिन देखि अनसन बस्दा नगरिएको गुनासो उनले पोखिन् ।

गत माघ २० अघि एक लाख हस्ताक्षर जम्मा गरेर उनीहरूले अनसन सुरु गरेका थिए । बुधवार स्थानीय युवाहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनसनकारीको स्वास्थ्य अवस्थामा ध्यान दिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए । सो ज्ञापन पत्र पाएपछि प्रमुख जिल्ला अधिकारी अनसनस्थल जनकचोकमा गएर अनसनकारीलाई अनसन तोड्न आग्रह गरेका थिए ।

सर्वदलीय बैठकले पनि अनसनकारीलाई अनसन तोड्न आग्रह गरेको थियो । मागको विषयमा केन्द्रलाई लेखि पठाउने आश्वासन दिइएको भएपनि अनसनकारीहरूले केन्द्रकै प्रतिनिधिसँग वार्ता र सहमति नगरी अनसन नतोड्ने बताएका थिए । बुधवार नै अनसनकारीलाई भेट्न पुगेका प्रमुख जिल्ला अधिकारीलाई अनसनकारीले रित्तो हात पठाएको जनकपुरका पत्रकार अजय अनुरागीले बताए ।

‘केन्द्रबाट आएको मान्छेले सहमति नगरेसम्म अनसन नतोड्ने उनीहरूले बताए,’ पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका अनुरागीले लोकान्तरसँग भने, ‘सिडिओेलाई बाँचे आधुनिक जनकपुर बनाउँछु, मरे स्वर्गद्वारी लैजानू भनेर उनीहरूले जवाफ दिएका छन् ।’ स्वर्गद्वारी जनकपुरको स्थानीय घाट हो ।

अनुरागीका अनुसार अनसनकारीले प्रधानमन्त्री वा मन्त्रीसँग मात्रै वार्ता गर्ने अडान लिएका छन् । तर केन्द्रले अहिलेसम्म उनीहरूको अनसनमा नजर पु-याएको छैन । विगतमा माओवादी नेता रहेका शर्मा नयाँ शक्तिमा प्रवेश गरेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको मागको उपेक्षा गरेको शर्माका समर्थक बताउँछन् ।

पहिलो संविधानसभामा तमलोपाबाट निर्वाचित शर्मा सांसद रहेकै समयमा माओवादी प्रवेश गरेर चर्चामा आएका थिए ।
लोकान्तरलाई प्राप्त जानकारी अनुसार जनकपुरका स्थानीयसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधी बिहीवार जनकपुर जाँदैछन् । उनी अरु कार्यक्रमका लागि त्यहाँ जान लागेका हुन् । तर उनले अनसनकारीलाई भेट्ने कुनैपनि कार्यक्रम बनाएका छैनन् ।

यता अनसनकारीका समर्थकहरूले उनका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
अनसनकारीका पक्षमा विस्तारै समर्थन जुटेको छ । राजनीतिक दल, स्थानीय युवा तथा सर्वसाधारण अनसनकारीको पक्षमा ओर्लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्