०४ साउन २०८३, सोमबार

आँसु झार्दै सिंहदरबारबाट बिदा भए शेरबहादुर तामाङ

आँसु झार्दै सिंहदरबारबाट बिदा भए शेरबहादुर तामाङ

काठमाडौं –बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूबारे गरेको टिप्पणीका कारण विवादमा तानिएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

मन्त्रालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दैगर्दा मन्त्री तामाङले आँसु झारेका थिए ।

गलाअवरुद्ध भएर केहीबेर बोल्न नसकेका मन्त्री तामाङले त्यसपछि आँसु पुछ्दै अगाडि बोलेका थिए ।

त्यसक्रममा मन्त्री तामाङले नारीहरूप्रति आफूमा अत्यन्तै सम्मान रहेको बताए । 'नारी अस्मिताको विषयलाई अत्यन्त सम्मान गरेर निरन्तर लागिरहेको मान्छे हुँ म,' यो अभिव्यक्तिलाई पटक-पटक दोहोर्‍याएका मन्त्री तामाङले भने– 'जो व्यक्ति जुन विषयका लागि निरन्तर लागिरहेको हुन्छ, त्यो व्यक्तिलाई त्यही विषयले लखेट्ने दिन आाउँदो रहेछ ।'

राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङले कानून निर्माणसहित आफ्नो कार्यकालमा गरेका कामको बारेमा व्याख्या गरेका थिए ।

बंगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि शोषण हुने गरेको अभिव्यक्ति उनले शनिवार आयोजित एक कार्यक्रममा दिएका थिए ।

के भनेका थिए तामाङले ?

‘... युएस बांगला एयर दुर्घटनामा हुँदा २१ जना डाक्टरहरू यही हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा । आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुछ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु– उसले कहीँ न कहीँ आफूलाई बेच्नै पर्छ । मैले सुनेको छु यति मार्मिक छ कथा । उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौ, तर उसले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निक्कन्छौ, पाइँदैन, हुँदैन भनेर ।’

salt training

कमेन्ट गर्नुहोस्