२२ असार २०८३, सोमबार

ओबामाकालीन अधिकारीको सुरक्षा हटाउने ट्रम्पको तयारी

ओबामाकालीन अधिकारीको सुरक्षा हटाउने ट्रम्पको तयारी

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा राष्ट्रिय सुरक्षाको जिम्मेवारी सम्हाल्ने ६ पूर्वअधिकारीहरूको सुरक्षा हटाउने विषयमा विचार गरिरहेका छन् । 

ह्वाइट हाउसका अनुसार, यी सबै अधिकारी ट्रम्पका नीतिका कडा आलोचक हुन् । रुस विषयमा उनीहरूले ट्रम्पमाथि गम्भीर आरोप लगाएका छन् । 

यी अधिकारीहरूमा पूर्व सीआईए निर्देशक जोन ब्रेनन, पूर्व एफबीआई निर्देशक जेम्स कोमी, राष्ट्रिय जासूसी संस्थाका पूर्वनिर्देशक जेम्स क्ल्यापर, नेसनल सेक्युरिटी एजेन्सीका पूर्वनिर्देशक माइकल हेडन र पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार एवं
संयुक्त राष्ट्रसंघका लागि दूत सुसन राइस र एफबीआईका पूर्वनिर्देशक एन्ड्रु म्याक्केब छन् ।

ह्वाइट हाउसका प्रेस सचिव साराह स्यान्डर्सले राष्ट्रपति यी सबैको सुरक्षा हटाउने विषयमा विचार गरिरहेको बताए । उनीहरूले सार्वजनिक सेवा र सुरक्षाको राजनीतीकरण गरेको स्यान्डर्सले बताइन् ।

राष्ट्रपतिको रुससँग अनुचित सम्बन्ध रहेको र त्यहाँबाट प्रभावित भएको जस्तो आधारहीन आरोप लगाउनु ठीक नभएको उनले बताइन् । 

सुरक्षा कहिलेसम्म हटाइनेछ भन्ने विषयमा स्यान्डर्सले केही पनि बताउन अस्वीकार गरेकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्