३० असार २०८३, मंगलबार

कांग्रेसको सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्छ - उपसभापति निधी

कांग्रेसको सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्छ - उपसभापति निधी

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले ३६औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार राजधानीमा आयोजना गरेको अन्तक्रियामा उनले प्रा डा केसीले उठाउनुभएका माग पूरा गर्न कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण गर्दै संविधान र लोकतन्त्र विपरीतका क्रियाकलापमा प्रेसले निर्बाध रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप असह्य हुने बताउँदै एकपक्षीय रुपमा निर्माण हुने सञ्चारसम्बन्धी कानून मान्य नहुने धारणा व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्