०३ असार २०८३, बुधबार

रसुवा अपडेट : प्रहरी चेक पोष्टसहित घर र गाडी पुरिँदा ४ को मृत्यु, १२ घाइते

रसुवा अपडेट : प्रहरी चेक पोष्टसहित घर र गाडी पुरिँदा ४ को मृत्यु, १२ घाइते

काठमाडौं– रसुवामा गएराति पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अविरल वर्षापछिको पहिरोले एक प्रहरी पोस्ट, दुई घर, ३ भ्यान, १ ट्रक र एउटा नम्बर नखुलेको गाडी पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर रहेका घर पुरेको हो । पहिरोमा परि घाइते भएका १२ जनाको उद्धार गरिएको छ । 

पहिरोमा ज्यान गुमाएकाहरूको पहिचना खुलेको छैन ।  बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको पनि मृत्यु भएको हनुसक्ने प्रहरीको अुनमान छ । 

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्