२४ जेठ २०८३, आइतबार

युभेन्टसको मेडिकल रिपोर्टको अनौठो खुलासा, ३३ का होइनन् २० वर्षका रोनाल्डो !

युभेन्टसको मेडिकल रिपोर्टको अनौठो खुलासा, ३३ का होइनन् २० वर्षका रोनाल्डो !

चर्चित फूटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूलाई २३ वर्षे जोश भएको खेलाडी मान्छन् ।

यसै वर्ष मे महिनामा एक स्पेनिस टेलिभिजनमा दिएको अन्तवार्तामा  ३३ वर्षका रोनाल्डोले भनेका थिए,‘मसँग निकै समय बाँकी छ, म ४१ वर्षसम्म फूटबल खेललाई जारी राख्न सक्छु । म निकै राम्रो महसुश गरिरहेको छु र खुशी छु ।’

त्यसको दुई महिनापछि उनी रियल मड्रिड छोडेर इटलियन क्लव युभेन्टस गएका छन् । युभेन्टसमा गरिएको मेडिकल टेस्टले अचम्मको तथ्य फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रिपोर्टका अनुसार पोर्चुगलका कप्तानसँग २० वर्षको उमेरको जस्तो क्षमता रहेको छ । 

‘द इण्डिपेन्डेन्ट’ को इटलीमा आएको एक रिपोर्ट अनुसार सिरिए च्याम्पियन युभेन्टसका मेडिकल स्टाफले यस्तो खुलासा गरेका हुन् । 

मेडिकल टेस्टका क्रममा रोनाल्डोसँग जोडिएका तीन प्रमुख आकडाले उनको क्षमता उनको अहिलेको उमेर भन्दा १३ वर्ष कम उमेरका कुनै व्यक्तिसँग मेल खान्छ । 

मेडिकल रिपोर्टका अनुसार रोनाल्डोमा मात्र सात प्रतिशत बडी फ्याट् छ जो औसत फुटबलरको तुलनामा लगभग तीन प्रतिशत कम हो ।

रोनाल्डोका मसल्स मासु(मांसपेशिको तौल) ५० प्रतिशत छ । जो अन्य औसत खेलाडीको भन्दा चार प्रतिशत बढी हो ।

रिपोर्टमा भनिएको छ कि फिफा विश्वकप २०१८ मा उनले २१.१ मील प्रति घन्टाको गतिमा दौडेका थिए । युवेन्टसको मेडिकल टेस्टका अनुसार रोनाल्डो प्रतियोगिताका अन्य खेलाडीको तुलनामा तिव्रगति थियो । 

पछिल्लो दिन पोर्चुगलका सबैभन्दा चर्चित फूटबलर रोनाल्डो मेडिकल जाँचका लागि आफ्नो नयाँ क्लब इटली पुगेका थिए । कालो सूट र सर्ट लगाएर पुगेका रोनाल्डोलाई हेर्न हजारौं समर्थक उपस्थित भएका थिए । 

रोनाल्डोले स्पेनिस क्लब रियालमा नौ सिजन विताएका थिए । उनले स्पेनिस क्लवमा रहँदा १६ उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग रहेको छ । स्पेनको क्लबबाट रोनाल्डोले ४३८ खेलमा ४५१ गोल गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्