
काठमाडौं– पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न मन्त्रालय फुटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्रालय फुटाएका छन् ।
सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको हो ।
फुटेका मन्त्रालयको नाम कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय रहने छ ।
मन्त्रिपरिषदको विहीवारको निर्णयसँगै अब मन्त्रालयको संख्या २२ पुगेको छ ।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि तत्कालीन कृषि विकास मन्त्रालयलाई फुटाएर कृषि विकास र पशुपंक्षी विकास गरी अलग अलग मन्त्रालय बनाएका थिए ।