
काठमाडौं– आम सञ्चारका माध्यमको नियमनकारी निकाय प्रेस काउन्सिलको नाम फेरिने भएको छ ।
बिहीवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिलको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारले प्रेस काउन्सिलको नाम फेरेर नेपाल मिडिया काउन्सिल राख्ने निर्णय गरेको हो ।
नेपाल मिडिया काउन्सिलसम्बन्धी छुट्टै ऐनका लागि विधेयक बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।