
काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले कागजको ठाउँमा म्याकबुक ऐरको प्रयोग गर्न थालेको छ । आजदेखि मन्त्रिपरिषद् बैठकमा कागजको साटो म्याकबुकको प्रयोग गर्न थालिएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद्को बैठक कागजबिहिन हुने क्रममा रहेको भन्दै पहिलो पटक बिहिबारको बैठकमा यो अभ्यास गरिएको बताए । 



