०९ असार २०८३, मंगलबार

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध

साउन ११, २०७५
उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध

काठमाडौं।चिकित्सा क्षेत्र सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्धसहितको नौबुँदे सहमतिपछि २७औं दिनमा अनशन तोडेका छन् ।
सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच विगत तीन दिनदेखिको लगातार छलफलसँगै बिहीबार राति १० बजेर २० मिनेटमा नौबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सरकार र केसीबीचको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केदारभक्त माथेमाले बिहीबार राति साढे १० बजे जुस पिलाएर केसीको अनशन तोडाएका थिए । सहमतिको वातावरण बनाउन नेम्वाङले महŒवपूर्ण भूमिका निभाउँदै आएका थिए ।
यो सहमतिसँगै काठमाडौं, ललितपुर र भक्तपुरमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने भएको छ । संसद्मा पेस भएको विधेयकको दफा १२ मा उपदफा २ थप गरेर यस्तो व्यवस्था गर्न सरकार सहमत भएको हो । यसअघि आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्ने सहमति पनि भएको छ । त्यस्तै, उनीहरूलाई उपत्यकामा बाहिर जान पनि सुविधा दिइने भएको छ ।
सरकार र केसीबीचको सहमतिअनुसार मेडिकल कलेज सञ्चालन गर्न तीन वर्षसम्म आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको समेत हुनुपर्ने भएको छ । ऐन प्रारम्भ हुनुअगावै आशयपत्र पाइसकेको भएमा सर्त तोकिएको अवधिभित्र पूरा नगरेमा त्यस्ता शिक्षण संस्थाको आशयपत्रसमेत नवीकरण नगरिने सहमति भएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्