
पछिल्लो केही समयदेखि प्रियंका चोपडा फेरि बलिउड फिल्म उद्योगमा फर्कने चर्चा चलिरहेको थियो ।
उनका फ्यानहरुपनि ठूलो पर्दामा प्रियंकालाई पुनः देख्न पाउने भएपछि खुसी भएका थिए । तर, त्यसको विपरितका समाचारहरु सार्वजनिक भएका छन् ।
प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ बाट पुनः भारतीय फिल्म उद्योगमा फिर्ता आउने चर्चा थियो । उनी १० वर्षपछि फेरि एकपटक सँगै देखिने हल्ला चलेको थियो तर यस्तो नुहेन भएको छ । प्रियंकाले सलमान खानको फिल्म भारत मा अभिनय गर्न अस्विकार गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रियंकाले भारत छोडेपछि उनले कुनै ठूलो प्रोजेक्ट नपाएको समाचारहरु सार्वजनिक भएको थियो । तर निर्देशक अली अब्बास जफरले अरु नै केही संकेत गरेका छन् । अब्वासले चलचित्र भारतमा प्रियंका काम गर्न चाहन्नन् ।

जफरले ट्वीट गर्दै भनेका छन्,‘हो, प्रियंकाले अव फिल्म भारतमा भाग लिने छैनन् र यसको पछाडि ठूलो कारण छ ।
उनले बताइन् कि अहिले निकको लागि समय दिन निकै जरुरी छ । हामी उनको यो फैसलाबाट खुसी छौं ।’
अलिको ट्वीटबाट के स्पष्ट हुन्छ भने उनी निक जोनससँगको सम्बन्धलाई अझ अगाडि बढाउन चाहिरहेकी छिन् । यो वर्ष उनीहरु विवाह बन्धनमा बाँधिने सम्भावना छ ।