११ साउन २०८३, सोमबार

प्रदेश २ : दुई विधयेकमा सैद्धान्तिक सहमति

प्रदेश २ : दुई विधयेकमा सैद्धान्तिक सहमति

जनकपुरधाम- प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा मुस्लिम समुदायले सञ्चालन गर्दै आइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरी मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो । 

यसअघि गत सोमबार प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगसहित छ वटा विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्