
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले ८ वटा शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ ।
शाखा विस्तार गरेको बैंकले विभिन्न स्थानीय तहमा सेवा शुरूवात गरेको हो । बैंकले मोरङको जहदा गाउँपालिकास्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिकास्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिकास्थित भोजपुर शाखा कार्यालय, रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर शाखा कार्यालय लगायत रहेका छन् ।
रौतहटकै वृन्दावन गाउँँपालिकास्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिकास्थित टेम्केमैयुङ शाखा कार्यालय र उदयपुरको कटारी नगरपालिकास्थित कटारी शाखा कार्यालयको औपचारिक शुरूवात गरिएको छ । शाखामा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको जनाइएको छ ।
नयाँ शाखामार्फत् बैंकले ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ । धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखामा २४ घण्टा नै रकम झिक्न सकिने एटीएम सुविधा समेत उपलब्ध गराएको बताएको छ । बैकले २०७४ चैत्र मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।
बैंकले देशभरि ८६ शाखा, २ वटा एक्सटेन्सन काउन्टर लगायत २१ शाखारहित बैकिङ सेवा समेत गरी १ सय ९ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छन् ।

