
काठमाडौं – मन्त्री बनेको झण्डै दुई महिनापछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले क्वार्टर पाएका छन् ।
पुलचोकस्थित मन्त्री क्वार्टरमा ठाउँ खाली नहुँदा उपेन्द्र आफ्नै घरमा बस्दै आएका थिए ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उनी बस्दै आएको क्वार्टर उपेन्द्रको भागमा परेको हो ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूका विषयमा गरेको टिप्पणी विवादित बनेपछि कानूनमन्त्री तामाङले मंगलबार राजीनामा दिएका थिए ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल पहिलेदेखि नै क्वार्टरमा बस्दै आएकाले स्वास्थ्य मन्त्री यादवको भागमा क्वार्टर परेको थिएन । अर्याल अहिले पनि सोही क्वार्टरमा बस्छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा भूमि सुधार मन्त्रालय टुक्र्याएर उनलाई क्वाबिनेट मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।
उपेन्द्र बस्न लागेको क्वार्टर परिसरमा निवर्तमान कानूनमन्त्री शेरबहादुर तामाङले तरकारी खेती समेत गरेका छन् ।
जमिन बाँझो राख्न नहुने भन्दै उनले आफैं ट्यक्टर चलाएर सो स्थानमा बाँझो जमिन जोतेका थिए ।
यो पनि पढ्नुहोस् :