०३ असार २०८३, बुधबार

लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु, १२५ अझै बेपत्ता

साउन ११, २०७५
लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु, १२५ अझै बेपत्ता

लाओस- लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । 
अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म पनि १२५ जनाको अवस्थाका बारेमा केही थाहा हुन सकेको छैन । 
बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको र अरु कतिपयलाई उद्धार गरी अस्थायी शिविरमा व्यवस्थापन गरिएको जनाइएको छ । 
देशको दक्षिणी क्षेत्रमा रहेको जलविद्युत परियोजनाको बाँध भत्किएर बगाएका वा बेपत्ता भएका मध्ये अधिकांशको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । 
निर्माणाधिन अवस्थामा रहेको छेपिन छे नाम नोय जलविद्युत परियोजनाको बाँध यसै हप्ताको सुरुमा भत्किएको थियो । 
कम्बोडियाको सिमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्किएको थियो । 
बाँध भत्किएपछि सानाम्याक्सी जिल्लाका सात गाँउ प्रभावित भएको र सयौं विस्थापित भएको अधिकारीहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्