०६ असार २०८३, शनिबार

पूर्व र मध्य क्षेत्रमा वढी वर्षा हुने संभावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

पूर्व र मध्य क्षेत्रमा वढी वर्षा हुने संभावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– केही दिनदेखि निस्क्रिय भएको मनसुन आजदेखि देशैभरी पुनः सक्रिय भएको छ ।  देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ र धेरै ठाउँमा पानी परेको छ । दिनभरको मौसम यस्तै रहने र हल्कादेखि मध्यम पानी पर्ने मौसमविदले बताएका छन् ।

गएरातीदेखि नै मध्यमाञ्चल क्षेत्रमा अन्यत्रभन्दा धरै वर्षा भएको छ । त्यस्तै नेपालगञ्ज, डडेलधुरा, विरेन्द्रनगर, भैरहवा लगायतका ठाउँमा पनि औसत वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका अनुसार देशका प्रमख नदीहरु कन्काई, कमला, कोशी, नारायणी पश्चिम राप्ती बबई, कर्णाली, महकाली र यसका शाखा नदीहरुमा पानीको बहाब खतराभन्दामाथि जानसक्ने सम्भावना रहेको छ ।

शाखाले नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्