०३ असार २०८३, बुधबार

विवाहिता महिलालाई प्रेम गर्दा तिर्नुप–यो चर्को मूल्य, पतिले पाए एक अर्ब रुपैयाँ

विवाहिता महिलालाई प्रेम गर्दा तिर्नुप–यो चर्को मूल्य, पतिले पाए एक अर्ब रुपैयाँ

काठमाडौं – अमेरिकाको नर्थ क्यारोलाइनामा एक प्रेमीले विवाहिता महिलासँग प्रेम गर्दा चर्को मूल्य तिर्नुपरेको छ । 

प्रेमीले पतिलाई लगभग एक अर्ब रुपैयाँ तिर्नुपर्ने भनी अदालतले फैसला गरेको छ । पत्नीको प्रेमीले पतिलाई जरिवानाका रूपमा यो रकम चुकाउनुपर्ने भएको हो । नर्थ क्यारोलाइनामा विवाहेतर सम्बन्धका लागि विशेष कानून छ । 

केथ किङ नामक व्यक्तिले उनकी पत्नी डेनियलालाई फ्रान्सिस्को नामक व्यक्तिले प्रेमजालमा फसाएको र आफूहरूबीचको सम्बन्ध तोडाएको आरोप लगाए । आफूप्रिति पत्नीलाई विरक्ति जगाउनमा फ्रान्सिस्कोको हात रहेको उनको आरोप छ । 

फ्रान्सिस्कोको आम्दानी मासिक ५७ लाख रुपैयाँ छ । उनी मार्केटिङ टूर म्यानेजरका रूपमा काम गर्छन् । 

पत्नीको विवाहेतर सम्बन्धका कारण पतिको कम्पनीलाई निकै घाटा लागेको पतिका वकिलको जिकिर छ । पत्नी पनि पतिकै कम्पनीमा काम गर्छिन् । 

तर प्रेमीका वकिलले दाबी गरेअनुसार, महिला फ्रान्सिस्कोसँग भेट्नुअघि नै पतिसँगको सम्बन्धमा तनाव आइसकेको थियो ।

उक्त जोडीको पाँचवर्षीया छोरी पनि छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्