×

X
Dabur
Nic Asia
Marvel

उफ् ! ज्यानमारा धूलो : ट्राफिक प्रहरी भन्छन् ‘हाम्रो त आयु नै घटिसक्यो’

कात्तिक २०, २०७४

TVS INSIDE
काठमाडौं, ६ फागुन – धूलो, धूवाँ र तुवाँलोले ढपक्क ढाकेर झुम्म परेको दिन बिहीवार दिउँसो काठमाडौंको सातदोबाटो चोकमा पुग्दा एक ट्राफिक प्रहरीको हविगत देखेर मन कुँडिन्छ ।

उनको आँखीभौं र परेलामा टाँसिएको धूलोका कणले आँखा नै सेतो देखिन्थ्यो । धूलो छेक्नैका लागि भनेर लगाएका मास्क धूलो र धूवाँमा श्वासको ओस मिसिँदा कटकटिएको थियो । सेतो शिरको टोपी धूलोले अर्कै रंगको भइसकेको थियो । शरीरको पोशाक मैलो भइसकेको थियो, ती पोशाकको वास्तविक रंगभन्दा धूलोको रंग गाढा थियो ।

ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको उनले नाम बताउने फुर्सदसमेत पाएनन् । उक्त चोकमा उनीसहित करीब आधा दर्जन ट्राफिक यसरी नै खटिरहेका थिए ।

सातदोबाटो मात्र होइन, शुक्रवार अलिक बढी प्रदूषण हुने काठमाडौं उपत्यकाका अधिकांश चोकमा पुग्दा लगभग सबै ट्राफिक प्रहरीको हालत उस्तै थियो ।

चौबीसै घण्टा उत्तिकै चल्ने सवारीसाधनको अत्यधिक चाप, साँघुरो र अधिकांश धुलाम्मे सडक, धूवाँ अनि तीनै सवारीको कर्कश ध्वनिका बीच जिम्मेवारी निर्वाह गर्नुपर्ने महानगरका अधिकांश ट्राफिक प्रहरीको अवस्था टीठलाग्दो देखिन्छ ।

पछिल्लो समय सडक विस्तार र मेलम्चीको पानी ल्याउने नाममा भत्काइएका सडक समयमै मर्मत नगर्दा त्यसले प्रदूषणलाई अझ बढावा दिएको छ । यसले ट्राफिक प्रहरीसहित सडक वरपर बस्ने बासिन्दा र सर्वसाधारणलाई धेरै ठूलो असर गरेको छ ।

आँखा दुख्ने, रुघाखोकी सबै ट्राफिकको साझा समस्या

काठमाडौंको ग्वार्को चोकमा कार्यरत ट्राफिक प्रहरी वीरबहादुर विकलाई राति सुत्ने बेला आँखा पोल्छ । घण्टौं धूलोधूवाँमा काम गर्नुपर्दा उनको घाँटी दुख्ने समस्या छ । धोएको कपडा दुई दिनभन्दा बढी लाउनै मिल्दैन । बझाङ घर भएका उनी विगत आठ वर्षदेखि ट्राफिक प्रहरीमा कार्यरत छन् ।

सोही चोकमा कार्यरत अर्का ट्राफिक प्रहरी प्रदेशीराम चौधरी विगत झण्डै १ वर्षदेखि ग्वार्को चोकको ट्राफिक व्यवस्थापनमा खटिइरहेका छन् । ‘यो धूलोधूवाँका कारण बिहानबेलुका खोकी लाग्ने र आँखा रातो हुने समस्या देखिएको छ,’ उनले लोकान्तरसँग भने । सडकको दुरवस्था र यातायातका साधनको संख्या बढ्दा प्रदूषण बढिरहेको उनको अनुभव छ ।

दिनदिनै कपडा धुनुपर्छ, पानी छैन

सातदोबाटो चोकमा कार्यरत राजु थापामगरले अर्को समस्या औंल्याए – पानीको । व्यस्त र प्रदूषित चोकमा दिनभरि काम गर्दा कपडा फोहोर हुनु कुनै नौलो कुरा होइन । तर त्यही कपडा धुनलाई उनलाई पानीको समस्या रहेछ । ‘धूलोधूवाँमा काम गर्नुपर्दा कपडा दिनदिनै धुनुपर्छ,’ उनले भने, ‘तर यहाँ पानीकै पनि ठूलो समस्या छ ।’

आयु नै घट्ने चिन्ता

धूलोधूवाँमा दिनभर बस्दा यस्ले मानवस्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरू बताउँछन् । धूलोधूवाँका कारण गम्भीर स्वास्थ्य समस्या देखिने उनीहरू औंल्याउँछन् । तर पूरै ‘ड्युटी आवर’ धूलो, धूवाँ र कोलाहलमा बिताउनुपर्ने महानगरका ट्राफिक प्रहरीलाई स्वास्थ्य समस्या देखिने प्रबल सम्भावना हुन्छ ।

एक ट्राफिकले भने धूलोधूवाँ र कोलाहलका कारण आफ्नो आयु नै घटेको गुनासो पोखे । ‘पूरै समय धूलोधूवाँमा र प्रदूषणमा बिताउनुपर्दा अहिले त यस्तो समस्या देखिएको छ,’ सातदोबाटो चोकमा कार्यरत नागेन्द्र सुवेदीले भने, ‘उमेर बढ्दै जाँदा अरू दीर्घकालीन रोग देखिनेछ, यसले स्वास्थ्यमा गम्भीर असर पु–याउँछ ।’

काठमाडौंमा त टिक्नै नसकिने रहेछ

कोटेश्वरमा कार्यरत काभे्रेकी सरकारी कर्मचारी रेणुका पौडेल काठमाडौं सरुवा भएको केही दिनमात्र भएको छ । उनी काठमाडौंको धूलोधूवाँबाट आजित छिन् । यसअघि जनकपुरमा कार्यरत उनलाई काठमाडौं आएको दिनमै रुघाखोकी र टन्सिलको समस्याले सताएको छ ।

‘रुखाखोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, बिरामी होला जस्तो भएको छ,’ उनले भनिन् । मास्कले पनि छेक्न नसक्ने उनले बताइन् । ‘धूलोधुवाँले काठमाडौंमा निकै गाह्रो भएको छ,’ उनले थपिन् ।

ट्राफिक प्रहरी प्रताडित छन्

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता हेमन्त मल्ल काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई धूलोधूवाँ ठूलो चुनौतीको रूपमा रहेको बताउँछन् ।

तर ट्राफिक प्रहरीको जिम्मेवारी नै ट्राफिक व्यवस्थापन भएकाले समस्याबाट पन्छिन नसकिएको उनको भनाइ छ । ‘उपत्यकामा ट्राफिक प्रहरी धूलोधूवाँका अत्यधिक शिकार छन्,’ उनी भन्छन् । व्यक्तिगत रूपमा धूलोधूवाँका कारण स्वास्थ्यमा असर परेको गुनासो नआएपनि उपत्यकामा धूलोधूवाँले ट्राफिक प्रहरी आक्रान्त भएका उनको भनाइ छ ।
‘जस्तोसुकै समस्या भएपनि कर्मचारीले आफ्नो कर्तव्य त निर्वाह गर्नैप–यो,’ उनी थप्छन् । धूलोधूवाँको असर कम गर्नका लागि ट्राफिक प्रहरीलाई मास्क, चश्मा, पोशाक लगायतको उचित व्यवस्थापन गरिएको उनको भनाइ छ ।

धूलोधूवाँका रोगले महामारीकै रूप लिने खतरा छ

अर्जुन कार्की – वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ, ग्राण्डी अस्पताल

धूलो, धूवाँका बहुआयामिक असर हुन्छन् । तत्कालीन रूपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या धूवाँधूलोका कारण आउन सक्छन् । दीर्घकालीन रूपमा दम, फोक्सोको क्यान्सर, मुटुको रोग, श्वासप्रश्वास लगायतमा समस्या देखिन सक्छन् ।

काठमाडौं उपत्यकामा मात्र होइन, देशैभरि धूलोधूवाँको समस्या बढेको छ । धूलोधूवाँले नयाँ रोग जन्माउने र विद्यमान रोगलाई थप चर्काउने दुवै गर्छ ।

सामान्य रूपमा १/२ घण्टा धूलोधूवाँमा रहँदा खासै ठूलो असर नदेखिन पनि सक्छ । छोटो समय धूलोधूवाँमा रहँदा त्यसले रुघाखोकी, हाछ्युँ आउने, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या निम्त्याउन सक्छ । तर लामो समय धूवाँधूलोमा रहनुपर्ने बाध्यता भएकालाई यसले गम्भीर असर गर्छ ।

पछिल्लो समय धूलोधूवाँबाट लाग्ने प्रबल सम्भावना भएका रोगका बिरामीको संख्या बढिरहेको छ । अस्पतालमा त्यस्ता बिरामीहरूको संख्यामा बढोत्तरी आएको छ । यो बर्सेनि बढ्दो छ ।

यही अनुपातमा धूलोधूवाँको प्रदूषण बढ्दै गयो भने त्यसबाट निम्तिने रोगले महामारीकै रूप लिने खतरा छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा धूलोधूवाँबाट लाग्ने रोगका कारण ज्यान गुमाउनेको संख्या करीब १० हजार जति छ ।

हामीले उचित समयमै बाटोघाटोको व्यवस्थापन गरेनौं भने वा ट्राफिक व्यवस्था चुस्त बनाएनौं भने यसले विकराल रूप लिन सक्छ ।
IME BANK INNEWS
morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २, २०७९

कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...

साउन १९, २०७९

पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए ।  आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...

साउन ११, २०७९

नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...

साउन १०, २०७९

धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...

साउन २०, २०७९

काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...

साउन १४, २०७९

जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सिद्धार्थ र...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x