![संसारभर कीकी च्यालेञ्जको 'भूत' सवार, दुर्घटना बढेपछि प्रहरी हैरान [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Kiki-challenge_2B2qDleYGe.jpg)
संसारभर अहिले कीकी च्यालेञ्जको भूत सवार भएको छ । बच्चादेखि बुढासम्मले च्यालेञ्ज स्वीकार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राखिरहेका छन् ।
यो च्यालेञ्ज स्वीकार्दै भिडियो बनाउने क्रममा कैयन दुर्घटना समेत भएका छन् । छिमेकी मुलुक भारतमा पनि कीकी च्यालेञ्जको आतंक फैलिएको छ ।
च्यालेञ्ज स्वीकार्ने नाममा नागरिकहरूले जोखिमपूर्ण भिडियो बनाउन थालेपछि प्रहरी हैरान भएको छ । प्रहरीले ट्वीट नै गरेर यस्तो नगर्न चेतावनी दिएको छ ।
के हो कीकी च्यालेञ्ज ?
'कीकी च्यालेञ्ज' एक क्यानेडियन र्याप गायकको गीत हो । यो गीत अहिले युट्युवमा भाइरल बनिरहेको छ ।
च्यालेञ्ज पूरा गर्नका लागि एक व्यक्ति गाडीमा बस्छ र उसले गाडी चलाउँदै भिडियो पनि खिच्छ । गाडीको अगाडिको एक ढोका खुला रहन्छ र त्यसबाहिर एक व्यक्ति चलिरहेको गाडीलाई हेर्दै बीच सडकमा नाच्छ । साथमा गीत पनि बजिरहेको हुन्छ– 'कीकी, डु यु लभ मी .... ?
यसरी सडकमा नाच्ने र ढोका खोलेर गाडी चलाउने गर्दा दुर्घटना बढेको छ ।
अझ डरलाग्दो कुरा त के भने च्यालेञ्ज पूरा गर्न बीच सडकमा नाच्ने व्यक्ति कुदेर चलिरहेको गाडीभित्र बस्नुपर्ने हुन्छ । तब मात्र यो च्यालेञ्ज पूरा भएको मानिन्छ ।
अभिनेतासमेत गरिरहेका छन् च्यालेञ्ज स्वीकार !
यस च्यालेञ्ज पूरा गर्नका लागि बलिउडका चर्चित अभिनेता पनि लागिपरेका छन् ।
हालै बलिउट स्टारद्वय नूरा फतेह र वरुण शर्माले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका छन् । सो भिडियो भारतमा भाइरल बनेको छ ।
हेर्नुहोस्, च्यालेञ्ज पूरा गर्ने क्रममा भएका केही दुर्घटना :