०८ असार २०८३, सोमबार

आपूर्ति घट्दा डिएपी मलको माग बढ्यो

आपूर्ति घट्दा डिएपी मलको माग बढ्यो

लहान – जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी मलको आपूर्ति घट्दै गएको छ । 

अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । 

गत आर्थिक वर्ष ०७३/७४ मा चार हजार ७६६ मेट्रिक टन अर्थात ९५ हजार ३२० बोरा डिएपी मल आपूर्ति भएकामा आर्थिक वर्ष ०७४/७५ मा त्यसको आधा दुई हजार ९८८ अर्थात ५९ हजार ७६० बोरा मात्र डिएपी मल आपूर्ति भएको जनाइएको छ । 

साउन महिनामा मात्र ३० हजार बोरा डिएपी मल खपत हुनेमा अहिले दुई हजार ५०० बोरा मात्र आपूर्ति भएकोले डिएपी मलको चरमआभाव भएको उक्त कम्पनीका जिल्ला प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए । 

डिएपी मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक/पटक पत्राचार गरे पनि हालसम्म प्राप्त नभएको मल आउने बितिकै वितरण थालिने उनको भनाइ थियो । 

सिरहामा यसवर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ६५ प्रतिशत जग्गामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्