१६ असार २०८३, मंगलबार

सव इञ्जिनियर पक्राउ

साउन १६, २०७५
सव इञ्जिनियर पक्राउ

गुलरिया-गुलरिया नगरपालिकाका सव इञ्जिनियर रमेशकुमार गौतमलाई अख्तियारले घुससहित मंगलबार राति पक्राउ परेका छन् । 

बबई बहुमुखी क्याम्पसको सेफ्टी ट्यांकी निर्माण सम्पन्न कार्य प्रगति प्रतिवेदन बनाइ कार्य सम्पादन गर्नका लागि रु १० हजार घुस लिएको आरोपमा कोहलपुरको अख्तियारले प्रहरीको सहयोगमा गुलरिया नगरपालिकाको कार्यालयभित्र गौतमलाई पक्राउ गरेको हो । 

थप अनुसन्धानका लागि अभियुक्त गौतमलाई अख्तियार कार्यालय कोहलपुरमा लगिएको गुलरिया नगरपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्