०२ साउन २०८३, शनिबार

धान खेतमा श्री एयरलाइन्सको हेलिकप्टर आकस्मिक अवतरण

धान खेतमा श्री एयरलाइन्सको हेलिकप्टर आकस्मिक अवतरण

नुवाकोट– नुवाकोटको ककनी गाउँपालिका–१ स्थित मगटा पाँचमुरीको धान खेतमा श्री एयरलाइन्स कम्पनीको  हेलिकप्टर बुधबार साँझ आकस्मिक अवतरण गराइएको छ । 
 चितवनबाट क्यान्सर सम्बन्धि बिरामी लिएर काठमाडौंको ग्राण्डी अस्पताल आउँदै गरेको हेलिकप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण  गराइएको इलाका प्रहरी कार्यालय आखरपौवाले जनाएको छ । 

हेलिकप्टरमा  चालक दल–१ नर्स–१ बिरामी–१ र बिरामी कुरुवा–१ गरि जम्मा ४ जना सवार रहेकोमा उनीहरु सबै सकुशल रहेको  प्रहरीले जनाएको छ । 
यस्तै हेलिकप्टरको भने स्टयाण्डको भाग हल्का हिलोमा गडेको प्रहरीले जनाएको छ । 
यसैबीच  हेलिकप्टर आजै उड्ने सम्भावना नरहेपछि  बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्