२३ जेठ २०८३, शनिबार

प्रदेश १ काे नाम खुम्बूवान राख्न माग

प्रदेश १ काे नाम खुम्बूवान राख्न माग

विराटनगर– प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ । 

खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो । 

मुक्ति मोचाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीका प्रवक्ता रडेन्द्र तीम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाकंन तोक्न प्रदेश सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन राख्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्