०३ असार २०८३, बुधबार

मन्त्री पुनले टेलिफोनमा जनताका गुनासा सुन्ने, फोन गर्न पैसा लाग्दैन

साउन १७, २०७५
मन्त्री पुनले टेलिफोनमा जनताका गुनासा सुन्ने, फोन गर्न पैसा लाग्दैन

काठमाडौँ–ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । 

मन्त्री पुनको सचिवालयका अनुसार विद्युत्सम्बन्धी जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्ने कार्यक्रम तय गरिएको छ । 

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । 

उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्