
काठमाडौं–सरकारले संघीयता कार्यान्वयनमा देखिएका समस्या र विवाद पहिचान गर्दै सहजीकरण गर्ने तयारी अघि बढाएको छ । केन्द्र–प्रदेशबीचको सम्बन्ध, आपसी समन्वय र काममा देखिएका समस्या पहिचान गर्दै सहजीकरण गर्न सरकारले अन्तरप्रदेश परिषद् बैठक बोलाउने तयारी अघि बढाएको छ ।
बैठकअगावै समस्या पहिचान गर्न प्रधानमन्त्री कार्यालयले सातै प्रदेशमा सचिवको नेतृत्वमा टोली खटाएको छ । टोलीले आगामी २२ साउनभित्र प्रतिवेदन बुझाउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।