१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार–कानूनमन्त्रीमा ढकाल, राज्यमन्त्री अर्यालको बढुवा

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार–कानूनमन्त्रीमा ढकाल, राज्यमन्त्री अर्यालको बढुवा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त जोशी भानुभक्त ढकाल कानूनमन्त्री नियुक्त भएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले ढकाललाई मन्त्री नियुक्त गर्नुभएको हो । 

बंगालादेशमा एमबीबीएस पढ्नेक छात्राका विषयमा दिएको टिप्पणीपछि कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । 

यस्तै राज्यमन्त्री पद्मा अर्यालको पनि मन्त्रीमा बढुवा भएको छ । अर्याललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी  दिने तयारी गरिएको छ ।

मन्त्रीहरुको शपथग्रहण साढे ४ बजेका लागि तय भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्