०६ साउन २०८३, बुधबार

म्यानचेस्टर सिटी आउनु मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण निर्णय : गाब्रिएल जिसस

म्यानचेस्टर सिटी आउनु मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण निर्णय : गाब्रिएल जिसस

काठमाडौं – नयाँ सीजनको शुरूआतमा म्यानचेस्टर सिटीले ब्राजिली खेलाडी गाब्रिएल जिसससँग नयाँ सम्झौता गरेको छ । 

जिससले क्लबका लागि २४ गोल गरेका छन् र उनले सिटीमा आफ्नो भविष्यको प्रतिबद्धता देखाउँदै अहिलेको सम्झौतामा दुई वर्ष थपेका छन् । 

सम्झौता बढाउने कुराकानी क्रिसमसताका चलिरहेको थियो तर सन् २०१८ को शुरूआतमा अड्कियो । अनि विश्वकपसम्मका लागि यसलाई थाती राखिएको थियो ।

जिससले हप्ताको ७० हजार पाउन्ड कमाउँथे तर सिटीले उनीजस्ता प्रतिभाशाली स्ट्राइकरको पैसा बढ्नुपर्ने ठानेर हप्ताको एक लाखभन्दा अलिक बढी पारिश्रमिक दिन लागेको छ । 

जिसस यही हप्ताको शुरूआतमा सिटी फूटबल एकेडमीमा अभ्यास गर्न आएका छन् । प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लीग उपाधि रक्षाका लागि क्लबलाई तयार पारिरहेका छन् । 

जिससले क्लबको आधिकारिक वेबसाइटलाई भने, ‘मलाई स्वागत गरेकोमा अनि राम्रो व्यवहार गरेकोमा प्रशंसकहरूलाई धन्यवाद दिन्छु । म्यानचेस्टर सिटी आउनु  मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय हो किनकि म यहाँ एक व्यावसायिक फूटबलर
र असल व्यक्तिका रूपमा विकसित भइरहेको छु ।’

‘सिटी ठूलो क्लब हो र यो दिनदिनै ठूलो हुँदै गइरहेको छ । म प्रशंसकहरूलाई खुशी बनाइरहन सकूँ,’ उनले थपे ।

सिटीले अब रहीम स्टर्लिङ र लेरोए सानेलाई पनि टीममा राखिरहन पहल गर्नेछ । स्टर्लिङको सम्झौताको दुई वर्ष मात्र बाँकी छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्