१० साउन २०८३, आइतबार

बीस ओभरको खेल सकिँदा नेपालको आधा टीम डगआउटमा

बीस ओभरको खेल सकिँदा नेपालको आधा टीम डगआउटमा

काठमाडौं – आफ्नो दोस्रो ओडीआई म्याचमा नेपालले अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेदरल्यान्ड्समै भइरहेको प्रतियोगितामा २० ओभरको खेल सकिँदा नेपालको आधा टीम पेबिलियन फर्किसकेको छ ।

उपकप्तान ज्ञानेन्द्र मल्ल १३ र अनिल साह ४ रन बनाएर कलासेनको शिकार बनेका छन् ।

यस्तै सुवास खकुरेल र दीपेन्द्र ऐरी समान १९ तथा रोहित पौडेल ६ रन बनाएर आउट भएका छन् ।  

यो समाचार तयार पार्दासम्म नेपालले २२ ओभरमा ५ विकेट गुमाएर ९५ रन जोडेको छ ।

यसअघि भएको पहिलो ओडीआईमा नेपाल ५५ रनले पराजित भएको थियो ।

आजको खेल नेपालले जितेमा सिरिज बराबरीमा टुंगिनेछ भने अन्यथा नेदरल्यान्ड्सले क्लिकस्विप गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्