
काठमाडाैं– अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन (SEC) बाट सगुनले मिनी आइपीओमार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय यहि जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त भएको छ । बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भएअनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो ।
तीन चरण गरि खुल्ला गरिएको मिनी आइपीओमार्फत विश्वका विभिन्न ८० देशका ८ हजार ६ सय ४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता जाहेर भएको थियो । तेश्रो तथा अन्तिम चरणमा विश्वभरिबाट गरि ५८ वटा देशहरुबाट सर्वसाधरणहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । निश्चित प्रकृया पूरा भइसकेपछि वास्तविक संख्या र रकमको बारेमा हामी जानकारी गराइने सगुनले जनाएकाे छ ।
विशेष गरि तेश्रो चरणमा लगानी गरिसकेका सबै लगानीकर्ताहले आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (ड्राइभर) लाइसेन्स वा काम गर्ने कम्पनीले उपलब्ध गराएको परिचय पत्र वा अन्य कुनै पनि कागज पत्र जसमा आफ्नो ठेगाना उल्लेख गरिएको छ, [email protected] वा [email protected] इमेल ठेगानामा उपलब्ध गराउन सगुनले अनुराेध गरेकाे छ । लगानीकर्ताले उपलब्ध गराएकाे काजगपत्रको आधारमा बैंकले प्रमाणिकरण गरेपछि मात्र लगानीको प्रकृया पुरा हुने सगुनले जनाएकाे छ।
त्यसै गरि अगष्ट १४, २०१८ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार गर्ने भएको र वायर ट्रान्सफर गर्न सामान्यतया दुर्इ देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेश्रो तथा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाएका सबै सर्वसाधारणहरुले आफूले प्रतिवद्धता जाहेर गरेको रकम अगष्ट १०, २०१८ सम्म वायर ट्रान्सफर गरी पठाइसक्न पनि सगुनले अनुराेध गरेकाे छ । साथै वायर ट्रान्सफर गरिसकेपछि आफ्नो पासपोर्ट र फर्म भन्दा उल्लेख गरेको ठेगाना खुल्ने परिचय पत्र [email protected] वा [email protected] इमेल ठेगनामा जतिसक्दो चाडो उपलब्ध गराउन सगुनकाे अनुराेध छ। लगानीको लागि फर्म भर्दा क्रेडिट / डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गरेका व्यक्तिले रकम पठाउनका लागि सगुनको वेभसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न सक्नेछन् ।
रकम पठाउन कुनै पनि प्रकारको समस्या भएमा वा थप जानकारी लिनु परेमा सगुनको साइटमा उपलब्ध गराइएको हटलाईन टेलिफोन सेवा, लाइभ च्याट वा इमेलबाट सम्पर्क गर्न सकिने सगुनले जनाएकाे छ । साथै लगानीको रकम पठाउन सहज होस् भन्नाका लागि लगानीको प्रतिवद्धता जाहेर गरेका व्यक्तिहरुलाई सगुन टिमका सदस्यहरुले पनि सम्पर्क गर्न सक्नेछन् ।
स्टार्ट अप कम्पनीमा लगानी गर्नु अन्य कम्पनीहरुमा लगानी गर्नु भन्दा फरक छ । यो फरक प्रकारको अवसर सगुनले सबै सर्वसाधारणहरुलाई उपलब्ध गराइएकाे जनाएकाे छ ।
थप जानकारीका लागि तलकाे विज्ञप्ती हेर्नुहाेस्,
