०२ असार २०८३, मंगलबार

छोरा भित्र्याएर बुहारीको बिहे

साउन १९, २०७५
छोरा भित्र्याएर बुहारीको बिहे

कञ्चनपुर – वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ -बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा सहारा बनिदियो ।

डगौरा थारू समुदायको ‘भोरुवा राख्ने’ परम्पराले रिनालाई पुनर्जीवन दिएको हो । उनको परिवारले जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको नौखुरी शिविरका फूलरामलाई दुलहीझैं घर भित्र्यायो । फूलरामलाई छोरा बनाएर रिनाको विवाह गराइदिए ।

ससुरा लक्ष्मणले पछिल्ला दिन हराउँदै गएको परम्परा बुहारीकै लागि अघि बढाए । ‘यो परम्पराले मेरा टुहुरा नातिले बुबा मात्रै पाएनन्, मैले छोरा पनि पाएँ,’ रिनाकी सासू पार्वतीले भनिन्, ‘अहिले घरमा कमाउने र खेतीको काम गर्ने जिम्मा उसैको काँधमा छ ।’

कलुराम बितेपछि बुबा लक्ष्मणले नौखुरीबाट फूलरामलाई ल्याएर परम्पराअनुसार छोरा बनाए । बुहारीसँग विवाह गराइदिए । जवान बुहारीलाई एकल राख्नु हुँदैन भनेर छोरा बनाएर विवाह गराएको पार्वतीले बताइन् । पार्वतीले फूलरामलाई पूजाकोठामा देवताको थानमै लगेर काखमै बसाएर दूधभात खुवाएर छोरा बनाएकी हुन् ।

‘बूढाले खोजेर ल्याएपछि बुहारी र छोराले एकअर्कालाई मन पराए,’ उनले भनिन्, ‘त्यसपछि हामीले परम्पराअनुसार काम गर्‍यौं ।’ अहिले फूलराम रोपाइँ सकेर कामका लागि भारतको सिमला गएका छन् । 
पश्चिम तराईको डगौरा थारु समुदाय छोराको मृत्युपछि बुहारीका लागि आफै‌ केटा खोजिदिन्छ । घर भित्र्याएर पूजाकोठामा दूधभात खुवाउँछ अनि बुहारीसँग धुमधाम बिहे गराइदिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्