०७ असार २०८३, आइतबार

भदौबाट धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

साउन १९, २०७५
भदौबाट धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

काठमाडौं–सरकारले आगामी भदौ १ गतेबाट धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ। सवारी साधनबाट निस्किने धूवाँको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरणमा समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिकाभित्र सवारी साधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन्।

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै धूवाँ फ्याँक्ने सवारी साधन नियन्त्रण गर्ने तयारी गरे पनि चेकजाँच गराउने मेसिन सम्बन्धित कार्यालयमा नपुगेका कारण भदौबाट उक्त नियम लागू गर्न लागेको हो। अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्