०३ असार २०८३, बुधबार

किन बढे 'वलात्कार'का घटना, एसएसपी भन्छन्-यो सामाजिक विचलन नभए के हो ?

साउन १९, २०७५
किन बढे 'वलात्कार'का घटना, एसएसपी भन्छन्-यो सामाजिक विचलन नभए के हो ?


काठमाडौंँ- विगत एक हप्ताको अवधिमा पाँच वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । समाजमा यस्ता घटना बढ्नुमा एकथरि सामाजिक मान्यतामा आएको विचलन वा छाडापन जिम्मेवार ठान्छन् भने महिला अधिकारकर्मी फितलो कानुन र थोरै सजायलाई दोष दिन्छन् । 
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका उल्टेखामकी १३ वर्षीया एक किशोरीको बलात्कारपछि निर्मम हत्या घटनाको अनुसन्धान नहुँदै कैलालीको टीकापुर, भक्तपुरको थिःमि, काभ्रेको तिमाल र रोल्पामा पुनः यस्तै घटना दोहोरिएका छन् । 
प्रहरी प्रधान कार्यालयका अनुसार, गत शुक्रबार एक बालिकाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा बारीमा भेटिएको थियो । सो घटना भएको २४ घण्टा नबित्दै कञ्चनपुर पुनर्वासकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय सलिम अन्सारी पक्राउ परेका छन् ।  त्यस्तै, कैलालीको टीकापुरमा पनि एक महिलालाई झार–फुक तथा ज्योतिष विद्या सिकाइदिने बहाना बनाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर–१ बस्ने ३६ वर्षीय तीर्थराज तिवारीलाई सोमबार पक्राउ गरेको छ । 
भक्तपुर मध्यपुर थिःमि नगरपालिका नगदेश बस्ने धादिङ घर भएकी एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउँपालिका–३ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने २४ वर्षीय जमान तामाङलाई मङ्गलबार राति पक्राउ गरेको छ । 
कञ्चनपुर घटनापछि नै रोल्पा गङ्गादेव गाउँकी ६५ वर्षीया महिलालाई माइतीघरबाट फर्किँदै गरेको अवस्थामा मदिरा सेवन गरी जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ५२ वर्षीय असे घर्तीलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ । 
गत शुक्रबार ११ गतेदेखि एक हप्ताबीचमा पाँचवटा जबर्जस्ती करणीका घटना भएका छन् । जबर्जस्ती करणीका घटना वृद्धि हुनुमा यौन कुण्ठासँंगै आर्थिक प्रलोभन, डरधम्की, त्रास र सामाजिक विचलनको सङ्ज्ञा दिएको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘हजुरबाले नातिनी, बाले छोरी, नाति उमेरको केटाबाट हजुरआमा, ससुराबाट बुहारीमाथि नै जबर्जस्ती करणी हुन्छ भने यो सामाजिक विचलन नभए के हो ?’ 
उनले काठमाडौँमा मात्र नभई देशैभर बलात्कारका घटना देखिन थालेको जानकारी दिए । विगतमा पनि यस्ता अपराध नभएका होइनन् तर बाहिर आउँदैन थिए, उनले भने, ‘सामाजिक सञ्जाल र मिडियोको प्रभावका कारणले सम्पूर्ण घटनाबाहिर आउन थालेका छन् । ’ 
जबर्जस्ती करणीजस्तो जघन्य अपराधमा मिलापत्र गर्ने, आर्थिक प्रलोभन देखाई घटना लुकाउने गरिएको थियो । तर, अब सर्वसाधारणमा सञ्चारको पहुँच बढेसँगै यस्ता घटना दिनप्रति दिन बाहिर आइरहेका छन् । गाेरखापत्रमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्