०२ असार २०८३, मंगलबार

कांग्रेसले ‘नैतिक’ प्रश्न उठाउने

साउन २०, २०७५
कांग्रेसले ‘नैतिक’ प्रश्न उठाउने

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका तर संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेका दीपकराज जोशीको मुद्दालाई नैतिक प्रश्नको रूपमा संसद्मा उठाउने तयारी गरेको छ ।

कांग्रेसले संवैधानिक परिषद् र अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको औचित्यमाथि नै प्रश्न उठाउँदै संसद्मा सशक्त रूपमा प्रस्तुतीको तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पार्टीका उपलब्ध पदाधिकारीसहित पूर्वपदाधिकारी तथा शीर्ष नेतृत्व तहको बैठकले संवैधानिक परिषद्को औचित्य माथि प्रश्न उठाएको हो ।
नेता अर्जुननरसिंह केसीले कांग्रेसले स्वयं प्रधानमन्त्री नै अध्यक्ष रहेको संवैधानिक परिषद्को निर्णयमा नै प्रश्न उठेकाले त्यसको औचित्य खोजिने बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्